प्रकृति

Romanized: prakriti, prakrti

व्यक्ति वा वस्तुको मूलभूत विशेषता; व्यक्ति वा वस्तुमा अन्तर्निहित गुण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
व्यक्ति वा वस्तुको मूलभूत विशेषता; व्यक्ति वा वस्तुमा अन्तर्निहित गुण।
२.
व्यक्ति वा प्राणीको जन्मैदेखि नै लागेको लत, बानी वा स्वभाव।
३.
अनेक रूपात्मक जगत्को निर्माण तथा विकास गर्ने र त्यसको मूल रूपमा देखापर्ने शक्ति; साङ्ख्यदर्शनअनुसार जगत्का उत्पत्तिको कारणरूप मूलतत्त्व।
४.
ईश्वरीय लीला; दैवी प्रपञ्च; माया।
५.
पृथिवी, जल, तेज, वायु र आकाश- यी पञ्च महाभूत।
६.
राज्यका स्वामी, अमात्य, सुहृद् आदि सात अङ्ग।
७.
कुनै राजाद्वारा शासित जनता; प्रजा।
८.
शरीरको शीत वा उष्ण स्वभाव।
९.
व्याकरणमा प्रत्ययभन्दा भिन्न, शब्दको मूल रूप (प्रातिपदिक वा धातु); मूल शब्दको प्रत्ययभन्दा अगिल्तिर रहने भाग।
१०.
एक पाउमा एक्काइस अक्षर हुने छन्दजति सबैलाई बुझाउने शब्द; एक पाउमा एक्काइस अक्षर हुने छन्दको कुनै एक भेद।

सम्बन्धित शब्दहरू