प्रतिष्ठा
Romanized: pratishthaa, pratishtha, pratisthaa, pratishth
मानमर्यादा राख्ने काम; आदरसत्कार गर्ने काम; मान; सम्मान; इज्जत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानमर्यादा राख्ने काम; आदरसत्कार गर्ने काम; मान; सम्मान; इज्जत।
२.
कसैको राम्रो नाम चल्ने क्रिया; राम्रो नाम; यश; कीर्ति।
३.
कुनै देवादि वा व्यक्तिविशेषका मूर्ति, सालिक आदिको ससम्मान गरिने स्थापना।
४.
एक पाउमा चार अक्षर हुने छन्दविशेष।