प्रतीत पत्र

Romanized: pratita patr, prateeta patra, prateeta patr, pratiita patr

सरकारको, जनताको वा अरू कुनै साधिकार व्यक्तिको प्रतिनिधिका रूपमा काम गर्ने अधिकार दिइएको पत्र; अख्तियारनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सरकारको, जनताको वा अरू कुनै साधिकार व्यक्तिको प्रतिनिधिका रूपमा काम गर्ने अधिकार दिइएको पत्र; अख्तियारनामा।
२.
कसैले आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा, सरकारी अड्डाखाना आदिमा उपस्थित भएर काम गर्न कुनै व्यक्तिलाई लेखिदिएको अधिकारपत्र; वारिसनामा।
३.
विश्वास दिलाउनका निम्ति लेखिएको पत्र; विश्वासपत्र।
४.
एक ब्याङ्कबाट अर्को ब्याङ्कका नाममा फलानाको यति रुपियाँले भ्याएसम्म चेक, ड्राफ्ट वा हुन्डीहरू स्वीकार गर्नू भनी लेखिएको पत्र।

सम्बन्धित शब्दहरू