प्रथम पुरुष
Romanized: prathama purusha, prathama purush, prathama purus, prathama purusa
व्याकरणअनुसार कुनै काम-कुरा गर्ने वा गर्नेहरूलाई बुझाउने सर्वनाम; म, हामी र यिनका साथ लाग्ने क्रियालाई… उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
व्याकरणअनुसार कुनै काम-कुरा गर्ने वा गर्नेहरूलाई बुझाउने सर्वनाम; म, हामी र यिनका साथ लाग्ने क्रियालाई बुझाउने शब्द।
२.
सम्पर्कमा आएको पहिलो व्यक्ति।
३.
बहुपति विवाहप्रथा भएका समाजमा जेठो चाहिँ लोग्ने (उदा.- युधिष्ठिर द्रौपदीका प्रथम पुरुष थिए)।
४.
पोइल आएकी आइमाईको पहिलोचाहिँ पोइ।
उदाहरण वाक्य
- युधिष्ठिर द्रौपदीका प्रथम पुरुष थिए