प्रधान

Romanized: pradhaana, pradhaan, pradhan, pradhana

आफ्ना समूहमध्ये सबैभन्दा ठुलो; सर्वश्रेष्ठ; प्रमुख; मुख्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफ्ना समूहमध्ये सबैभन्दा ठुलो; सर्वश्रेष्ठ; प्रमुख; मुख्य।
२.
गाउँ-घरको प्रमुख; प्रतिष्ठित (व्यक्ति); ठालु।
३.
(नाम) गाउँघरको प्रमुख; प्रतिष्ठित व्यक्ति; मुखिया; पञ्चायतकालीन प्रधानपञ्च ।
४.
कुनै संस्था वा विभागको मुख्य अधिकारी।
५.
सचिव; मन्त्री ।
६.
नेवार-जातिको एक थर।
७.
लिच्छविकालमा गाउँको मुखियालाई बुझाउने शब्द।

सम्बन्धित शब्दहरू