प्रपञ्च

Romanized: prapanycha, prapanych, prapancha, prapanch

घरगृहस्थी आदिको झन्झट; जगत्को जञ्जाल; सांसारिक मायामोह; मायाजाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घरगृहस्थी आदिको झन्झट; जगत्को जञ्जाल; सांसारिक मायामोह; मायाजाल।
२.
कता-कताबाट आइपरेको झोज वा झमेला; झेलबखेडा।
३.
छल; कपट।
४.
ढोंग; आडम्बर।
५.
विस्तार; फैलावट।
६.
कुनै कुराको प्रबन्ध; बन्दोबस्त।
७.
एकपल्ट भनिसकिएको कुरालाई फेरि खुलस्त पारी भन्ने काम।

सम्बन्धित शब्दहरू