प्रभाव
Romanized: prabhaava, prabhaav, prabhaawa, prabhav
उत्पन्न हुने वा जन्मने क्रिया; उद्भव; प्रादुर्भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्पन्न हुने वा जन्मने क्रिया; उद्भव; प्रादुर्भाव।
२.
व्यक्तिमा रहेको प्राकृतिक एवं क्रियात्मक सामर्थ्य; शक्ति।
३.
कुनै वस्तुको वा विषयको अध्ययनबाट मनमा पर्ने गुण; असर।
४.
महिमा; माहात्म्य।
५.
अन्तःकरणलाई प्रसन्न वा अप्रसन्न तुल्याउने गुण ।
६.
कुनै व्यक्ति वा वस्तुको शक्ति, सम्मान, अधिकार, पराक्रम आदिबाट अरू व्यक्ति वा वस्तुमा पर्ने असर; छाप।