प्रमाद
Romanized: pramaada, pramaad, pramad, pramada
असावधान रहने क्रिया; बेहोसी हुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असावधान रहने क्रिया; बेहोसी हुने स्थिति।
२.
कर्तव्यलाई अकर्तव्य र अकर्तव्यलाई कर्तव्य सम्झने प्रवृत्ति।
३.
भुल; चुक।
४.
भ्रम; भ्रान्ति।
५.
उन्माद; नशा; बहुलट्टीपना।
६.
घमन्ड; अहमत्याइँ।
७.
लापर्बाही; हेलचेक्रयाइँ; असावधानी।
८.
समाधिका साधनहरूलाई ठिकसँग नसम्झने प्रवृत्ति।