प्रवर्तक
Romanized: pravartak, prawartaka, prawartak, prabartaka
कुनै काममा लगाउने; प्रवृत्त गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै काममा लगाउने; प्रवृत्त गर्ने।
२.
सुरु गर्ने; आरम्भ गर्ने; थाल्ने।
३.
कुनै काम चलाइराख्ने; जारी राख्ने।
४.
नयाँ वस्तुको निर्माण गर्ने; आविष्कार गर्ने।
५.
(नाम)
नाटकमा सूत्रधारद्वारा वर्तमान कथाको वर्णन र पात्रहरूको प्रवेश देखाइने एक शिल्प; प्रस्तावनाको एक भेद।