फिट्नु
Romanized: fitnu, phitnu
पग्लने वा घोलिने वस्तु पन्यालो पदार्थमा मिलाउनका निम्ति घुमाई-घुमाई हल्लाउनु; हुँडल्नु; फेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत फेड्+नु]
१.
पग्लने वा घोलिने वस्तु पन्यालो पदार्थमा मिलाउनका निम्ति घुमाई-घुमाई हल्लाउनु; हुँडल्नु; फेट्नु।
२.
तास, गन्जिफा आदिका चाङका चक्कीलाई तलमाथि पार्नु; तलास्नु।