किट्नु
Romanized: kitnu
किट्नु (kitnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
किट्नु(१)
(स. क्रि. [किटकिट+नु])
1.
रिस, आवेग वा तीव्र असन्तोषका भावनाले तलमाथिका दाँत रगड्नु, दाँत रगडेर किर्र किर्र आवाज निकाल्नु। (उदा.-रिसको झोकमा हरिले दाँत किट्यो)।
किट्नु(२)
(स. क्रि. [प्राकृत किट्ट+नु])
१..
कुनै कामकुराका बारेमा यही नै हो भनेर टुङ्गो लाउनु, यस्तै हो भनेर तोक्नु।
२..
निधो गर्नु; तोक्नु।
३..
मर्यादा निश्चित गर्नु।
उदाहरण वाक्य
- रिसको झोकमा हरिले दाँत किट्यो