बाँध
Romanized: baamdha, baamdh, baandha, bamdh
खोलानालाबाट कुलामा पानी ल्याउन वा खोलाको पानी थुन्नका निम्ति लगाइएको छेकबार वा डिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बन्ध]
१.
खोलानालाबाट कुलामा पानी ल्याउन वा खोलाको पानी थुन्नका निम्ति लगाइएको छेकबार वा डिल।
२.
विशाल नदीहरूलाई बाँधी पानी जम्मा पारेर बिजुली आदि निकाल्ने कामका निम्ति माथिबाट उघार्न र लाउन हुने पानीका ठुलठुला निकासद्द्वारहरू बिचबिचमा राखिएको, पुलको कामसमेत दिने, सिमेन्ट, फलाम आदिका सहायताले बनाइएको मोटो, बलियो गारो।
३.
समुद्रको आवश्यक भाग जमिनको रूपमा उपयोग गर्न त्यहाँको पानी मेसिनले निकाल्ने र बाहिर आउन नदिने गरी लगाइएको बलियो पर्खाल।