बाँध्नु

Romanized: baamdhnu, baandhnu, bandhnu, bamdhnu

कुनै वस्तुलाई धागो, डोरी आदिले बेरेर कस्नु; टन्काउनु; बेर्नु; घेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत बन्ध+नु]

१.
कुनै वस्तुलाई धागो, डोरी आदिले बेरेर कस्नु; टन्काउनु; बेर्नु; घेर्नु।
२.
नियम, प्रतिज्ञा आदि उपायद्द्वारा मर्यादामा चलाउनु; नियम वा क्रममा राख्नु; मिलाउनु।
३.
बन्धनमा राख्नु; बन्दी बनाउनु।
४.
मन्त्रका बलले कुनै काम हुन नदिनु।
५.
शस्त्र-अस्त्र धारण गर्नु।
६.
निर्माण गर्नु; बनाउनु (बाँध, किल्ला आदि)।

सम्बन्धित शब्दहरू