बिग्रनु

Romanized: bigranu

कुनै वस्तुको रूप, गुण आदिमा कुनै प्रकारले विकार आउनु; बरबाद हुनु; नाश हुनु; सड्नु; कुहुनु आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत विकृ+नु]

१.
कुनै वस्तुको रूप, गुण आदिमा कुनै प्रकारले विकार आउनु; बरबाद हुनु; नाश हुनु; सड्नु; कुहुनु आदि।
२.
काम नलाग्ने हुनु, हानि हुनु।
३.
टुटफुट वा भताभुङ्ग हुनु; भत्कोस लाग्नु।
४.
कुनै वस्तु बनाउन थाल्दा चुकेर वा नजानेर नबन्नु; खेर जानु; विफल हुनु।
५.
जाति, धर्म, नीति, उद्देश्य आदिबाट च्युत हुनु; पतित हुनु।
६.
खराब बानी लिनु वा आचरणहीन हुनु; बदमास बन्नु।
७.
पोइल जानु; बोरिनु।
८.
गर्भ तुहुनु।

सम्बन्धित शब्दहरू