बुच्चो
Romanized: buchcho, buccho, buchco, bucco
नाक, कान, टाउको, पुच्छरमध्ये कुनै एक अङ्ग नभएको वा काटिएको (मानिस, पशु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नाक, कान, टाउको, पुच्छरमध्ये कुनै एक अङ्ग नभएको वा काटिएको (मानिस, पशु)।
२.
बाहुला नभएको वा फेर छोटो भएको (दौरा, कमिज आदि)।
३.
गहनागुरिया फुकालेको वा गहना नै नलाएको; रित्तो।
४.
नाकमा फुली, मुन्द्री, बुलाकी आदि केही नभएको।
५.
हाँगाबिँगा केही नभएको (रुखबिरुवा)।