भक्रन
Romanized: bhakran, bhakrana
महामारी जरो आदि रोगले ग्रस्त भई पसारिएको; थला परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अनुकरण मूल भक्+रण = शब्द गर्नु]
१.
महामारी जरो आदि रोगले ग्रस्त भई पसारिएको; थला परेको।
२.
(नाम)
उठ्नै नसक्ने गरी थलिएको रोगी; ऐया आत्था गरेर कराउने मधौरु।
३.
(क्रियाविशेषण)
उठ्नै नसक्ने किसिमले बिरामी परी; बेसरी थलिएर।