भन्नु

Romanized: bhannu

मनको भाव बोलीद्वारा व्यक्त गर्नु; कुनै कुरा कसैलाई सुनाउनु; कहनु; बताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत भण्+नु]

१.
मनको भाव बोलीद्वारा व्यक्त गर्नु; कुनै कुरा कसैलाई सुनाउनु; कहनु; बताउनु।
२.
मुखबाट शब्द निकाल्नु; उच्चारण गर्नु।
३.
आज्ञा दिनु; वचन दिनु।
४.
बाच्नु; प्रवचन गर्नु; पढ्नु।

सम्बन्धित शब्दहरू