भरि
Romanized: bhari
कुनै शब्दको उत्तरपदका रूपमा आएर जति, सम्म, पर्यन्त, तक आदि अर्थ बुझाउने पदांश (दिनभरि, समयभरि, आँखाभरि,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [प्राकृत भरिअ८ संस्कृत भर्य]
१.
कुनै शब्दको उत्तरपदका रूपमा आएर जति, सम्म, पर्यन्त, तक आदि अर्थ बुझाउने पदांश (दिनभरि, समयभरि, आँखाभरि, मुटुभरि इ.)।
२.
(क्रियाविशेषण)
कुनै खास सीमा, स्थान वा समयसम्म; भर; तक।
३.
सबै ठाउँमा; सर्वत्र।