भार

Romanized: bhaara, bhaar, bhar, bhara

मानिस वा गाडीले बोक्न लैजान सक्नेजति परिमाण; वजन; बोझ, भारी (लोड)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
मानिस वा गाडीले बोक्न लैजान सक्नेजति परिमाण; वजन; बोझ, भारी (लोड)।
२.
कामको जिम्मेदारी; अभिभारा।
३.
विवाह आदि मङ्गलकार्यको सगुनका निम्ति पेरुङ्गामा माछा, सागपात आदि हाली केराको पातसहित उखुमा बाँधेको भारी।
४.
दाउरा, बिस्कुन आदि सुकाउन अगेनामाथि बनाएको टाँड; चाङ।
५.
दुवैतिर डोरीको उझिन्डो लगाएर तेर्घो काठमा काँधमा बोक्ने, खर्पनजस्तो साधन।

सम्बन्धित शब्दहरू