भाषा

Romanized: bhaashaa, bhaasha, bhashaa, bhaasaa

मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह; आशय वा भाव व्यक्त गर्ने सार्थक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनका भाव या विचार अरूछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह; आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली।
२.
व्यक्तिविशेषले लेख्ने र बोल्ने ढङ्ग; शैली।
३.
कुनै देशका बासिन्दाले बोलचाल गर्ने साहित्ययुक्त प्रचलित शब्दावली।
४.
वाग्देवी; सरस्वती।
५.
वाणीका चार रूप- परा, पश्यन्ती, मध्यमा र वैखरी।
६.
परिभाषा; लक्षण।
७.
कुराकानी; बातचित।

सम्बन्धित शब्दहरू