भेट्नु
Romanized: bhetnu
खोजेको वा चिताएको व्यक्तिलाई फेला पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भेट+नु]
१.
खोजेको वा चिताएको व्यक्तिलाई फेला पार्नु।
२.
मुलाकात गर्नु; भेट गर्नु।
३.
प्राप्त गर्नु; भेट्टाउनु; पाउनु।
४.
हराएको वस्तु हात लाग्नु।
५.
बराबरीमा आउनु।
६.
(अकर्मक क्रिया)
कुराकानी हुनु; भेट हुनु।
७.
पर्याप्त हुनु; पुग्नु।