भेट्टाउनु
Romanized: bhettaaunu, bhettaunu
अघि गएकालाई पछि जानेले फेला पार्नु; भेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भेट्+आउ+नु]
१.
अघि गएकालाई पछि जानेले फेला पार्नु; भेट्नु।
२.
हातलागी गर्नु; प्राप्त गर्नु; पाउनु।
३.
हराएको कुरो वा वस्तु फेला पार्नु।
४.
अरूको बराबरीमा आउनु; समकक्षमा पुग्नु।