भेद

Romanized: bhed, bheda

एक वस्तुभन्दा अर्को वस्तुमा रहने अन्तर; भिन्नता; फरक; विषमता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक वस्तुभन्दा अर्को वस्तुमा रहने अन्तर; भिन्नता; फरक; विषमता।
२.
कुनै विषय वा वस्तुको किसिम; प्रकार।
३.
रहस्यमय कुरा खुलस्त गर्ने काम; गोप्यताभङ्ग।
४.
एक-अर्कामा हुने विरोध वा फाटो; फुट।
५.
आन्तरिक कुरो; रहस्य; मर्म; तात्पर्य।
६.
कुनै विषयवस्तुको अंश वा खण्ड; टुक्रो।
७.
मन्त्रको जादुगरी; टुनामुना; मोहनी।
८.
चमत्कार।

सम्बन्धित शब्दहरू