मङ्गल

Romanized: manggala, manggal, mangal, mangala

शुभ लक्षणले युक्त, शुभ हुने तथा श्रेयकारी मानिने कुनै पनि काम वा कुरो; कल्याण; हित; भलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शुभ लक्षणले युक्त, शुभ हुने तथा श्रेयकारी मानिने कुनै पनि काम वा कुरो; कल्याण; हित; भलाइ।
२.
सौरमण्डलको एक प्रसिद्ध ग्रह; नवग्रहमध्ये एक; भौम ।
३.
उक्त ग्रहका नाममा रहेको, सात वारमध्ये तेस्रो वार; सोमवार र बुधवारका बिचको वार।
४.
शुभ अवसर, शकुन वा लक्षण।
५.
(विशेषण) कल्याणकारी; भलो हुने; हितकर ।
६.
शुभ लक्षणले युक्त।

सम्बन्धित शब्दहरू