मठ

Romanized: math, matha

मठ (math) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मठ(१)

(नाम)
1.
धनु, गुलेलीजस्ता हतियारको समात्ने ठाउँमा जोडिएको काठको लाम्चो टुक्रो; धनु वा गुलेलीको समात्ने ठाउँ; मुठ।

मठ(२)

(नाम [संस्कृत])
१..
जोगीसन्न्यासी वा सन्तमहन्त बस्ने ठाउँ; साधुहरूको आश्रम।
२..
अध्ययन गर्ने विद्यार्थी वा वटुहरू बस्ने ठाउँ; गुरुकुल।
३..
देवदेवीको मन्दिर; देवालय।
४..
प्रायः घरको आँगनमा तुलसी रोप्न अग्लो पारी बनाइएको चौकी; तुलसी रोप्ने ठाउँ।
५..
योगी वा तपस्वीहरूको पुरश्चरण गर्ने ठाउँ।

सम्बन्धित शब्दहरू