मनाउनु
Romanized: manaaunu, manaunu
फकाई-फुल्याई आफ्नो बनाउनु; खुसी पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [मान्+आउ+नु]
१.
फकाई-फुल्याई आफ्नो बनाउनु; खुसी पार्नु।
२.
सम्झाउनु, बुझाउनु।
३.
आफ्नो पक्षमा ल्याउनु; हात लिनु।
४.
चाडपर्वको उत्सव वा रमाइलो गर्नु।
५.
(प्र.क्रि.)
मान्न लाउनु, मान्ने पार्नु; चित्त बुझाउनु।