मन्त्र
Romanized: mantr, mantra
सल्लाह; मन्त्रणा; परामर्श। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सल्लाह; मन्त्रणा; परामर्श।
२.
गुप्ती कुरो; गोप्य वार्ता; भित्री रहस्य।
३.
वेदको ऋचा; संहिता।
४.
देवदेवीबाट असाधारण शक्ति प्राप्त गर्न जपिने शब्द वा वाक्य।
५.
टुन्याहा, बोक्सी, भूतप्रेत आदिको लागो वा नराम्रो असर शान्त गर्न र सर्प बिच्छी आदिको विष झार्न झारफुकेले प्रयोग गर्ने शब्दसमूह; लागोभागो हटाउन झारफुक गर्दा उच्चारण गरिने वचन।