मय
Romanized: may, maya
मय (may) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
मय(१)
(परसर्ग [संस्कृत])
१..
अरू शब्दका पछिल्तिर गाँसिएर तद्रूपता, विकार, प्रचुरता आदि अर्थ बुझाउने तद्धित प्रत्यय (जस्तो- करुणामय, तेजोमय, जलमय, दयामय इ.)।
मय(२)
(नाम)
२..
पाण्डवहरूका निम्ति भव्य भवन बनाइदिने, स्थापत्यकलामा निपुण एक दानव।
मय(३)
(नाम)
१..
मेक्सिकोको प्राचीन जाति।
२..
सो जातिको सभ्यता।