मर्यादा

Romanized: maryaadaa, maryaada, maryadaa, maryaad

कुनै कामकुरो यतिसम्म गर्न हुन्छ भन्ने वा यहाँसम्म जान सकिन्छ भन्ने टुङ्गो; सीमा; हद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कामकुरो यतिसम्म गर्न हुन्छ भन्ने वा यहाँसम्म जान सकिन्छ भन्ने टुङ्गो; सीमा; हद।
२.
परम्परागत रीतिथिति; चालचलन।
३.
नैतिक बन्धन।
४.
प्रचलित नियम; व्यावहारिक प्रणाली।
५.
कबुल; प्रतिज्ञा।
६.
इज्जत; प्रतिष्ठा; मान।
७.
सात्त्विक आचरण; धर्म।
८.
तोकिएको समय; निश्चित अवधि।
९.
किनारा; तट।

सम्बन्धित शब्दहरू