मास्नु

Romanized: maasnu, maashnu, mashnu, masnu

खर्च गर्नु; व्यय गर्नु; समाप्त पार्नु; सिद्ध्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत मृष्+नु]

१.
खर्च गर्नु; व्यय गर्नु; समाप्त पार्नु; सिद्ध्याउनु।
२.
ठुलो माल बिगारी सानो माल बनाउनु (जस्तो- फाली मासी करुवा/सियो)।
३.
सटही गर्नु, भजाउनु; साट्नु ।
४.
दास बनाउनु; कमारो तुल्याउनु।
५.
निर्मूल पार्नु; नाश गर्नु; मार्नु।

सम्बन्धित शब्दहरू