मुद्रा

Romanized: mudraa, mudr, mudra

कुनै वस्तुलाई आधिकारिक रूपमा प्रमाणित गर्ने नाम, चिह्न आदि लगाउने छाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुलाई आधिकारिक रूपमा प्रमाणित गर्ने नाम, चिह्न आदि लगाउने छाप।
२.
नाम वा कुनै व्यक्तिगत चिह्न भएको औंठी।
३.
राणाकालीन नेपालमा मुग्लानबाट आवतजावत गर्नलाई दिइने, उक्त छाप लागेको सरकारी अधिकारपत्र; राहदानी; पारपत्र।
४.
वैष्णव सम्प्रदायका भक्तहरूले आफ्नो छाती, पाखुरा आदिमा डाम्ने वा खोप्ने विष्णुका शङ्ख, चक्र आदि आयुध।
५.
सरकारले प्रचलनमा ल्याउने विभिन्न आकार र मूल्य तोकिएका, कुनै पनि देशका जनताले क्रयविक्रयको माध्यम वा भुक्तानी सङ्कलनका साधनका रूपमा प्रयोग गर्ने वस्तु वा उपकरण (धातुका मुद्रा वा सिक्का, नोट)।
६.
गोरखनाथ सम्प्रदायमा साधुहरूले कानमा लगाउने फटिक आदिको कुण्डल वा मुद्रा।
७.
उठ्ने, बस्ने शरीरका अङ्गको स्थिति वा मनको भाव प्रदर्शित गर्ने आँखा, नाक, कान, मुख, हात आदिको कुनै पनि क्रिया।
८.
देवी-देवताका ध्यान, पूजा, आदिको समयमा प्रदर्शन गराइने आकार (जस्तै- धेनुमुद्रा, मत्स्यमुद्रा आदि)।
९.
आधुनिक मुद्रण-कार्यमा वा पत्रादिको छपाइमा प्रयोग गरिने सिसाका ढालिएका उल्टा अक्षरहरू; टाइप ।
१०.
साहित्यमा शब्दालङ्कारअन्तर्गत पर्ने श्लेष अलङ्कारको एक भेद।
११.
नाक, कान, आदिमा लगाइने मुन्द्री ।
१२.
प्रतीकात्मक चिह्न।
१३.
पदक; विभूषण; तक्मा।

सम्बन्धित शब्दहरू