मूर्ति
Romanized: moorti, muurti, murti
प्राणीको शरीर; जिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीको शरीर; जिउ।
२.
कल्पित वा परम्परामान्य आकारका अनुरूप स्थापना गरिएका देवदेवीका आकृति; प्रतिमा; प्रतिमूर्ति।
३.
पुतला।
४.
तस्बिर; चित्र; छाया।
५.
अनुहार; चेहरा।
६.
साधु, सन्न्यासीको गन्ती गर्दा प्रयोग हुने आदरवाची शब्द।
७.
वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्राको आठ गुना बराबरको नाप; तूणी, वसु वा लोक बराबरको नापो।