मूल्याङ्कन
Romanized: mulyaangkana, mulyaangkan, mulyangkana, mulyangkan
कुनै रचना, वस्तु वा मालसामानको मोल आँक्ने काम; भाउ राख्ने वा मूल्य तोक्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै रचना, वस्तु वा मालसामानको मोल आँक्ने काम; भाउ राख्ने वा मूल्य तोक्ने काम।
२.
उपयोगिताका आधारमा गरिने महत्त्व, विशेषता आदिको निर्धारण।
३.
परीक्षार्थीहरूको उत्तरपत्र वा प्रयोगात्मक परीक्षाको अङ्कद्वारा स्तर तय गर्ने काम।
४.
कर्मचारीहरूका कार्य, योग्यता, विशिष्टता आदिको तौलाइ।