मोह
Romanized: moh, moha
अविद्या; अज्ञान; निर्बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अविद्या; अज्ञान; निर्बुद्धि।
२.
आध्यात्मिक दर्शनका अनुसार देह र सांसारिक वस्तुलाई नै सर्वस्व मान्ने काम; सांसारिक जञ्जाल वा प्रपञ्चको आसक्ति।
३.
भ्रान्ति; भ्रम।
४.
लट्ठिने खालको प्रेम; व्यामोह।
५.
झुक्यान; भुल; त्रुटि।
६.
भय, चिन्ता, आतुरता, अत्यास आदिबाट सुद्धीबुद्धि हराउने काम; बेहोसी; मूर्च्छा।