युग

Romanized: yug, yuga

जुनसुकै दुईवटा वस्तुको समूह; जोडा; युग्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जुनसुकै दुईवटा वस्तुको समूह; जोडा; युग्म।
२.
लोकसंस्कारअनुसार बाह्र वर्षको समयावधि।
३.
रथ, हलो, गाडी आदिमा नारिने गोरुका काँधमा लगाइने जुवा।
४.
पौराणिक कालविभाजनअनुसार सत्य, त्रेता, द्वापर र कलिमध्ये कुनै एक।
५.
समय; बेलाबखत; जमाना।
६.
इतिहासमा कुनै महत्त्वपूर्ण घटना, कार्य, व्यक्ति आदिद्वारा प्रभावित एवं संज्ञित कालावधि (जस्तै- पौराणिक युग, पाषाणयुग, शाहयुग इ.)।
७.
वास्तु तथा मूर्तिकलामा चार इन्च बराबरको नापो।

सम्बन्धित शब्दहरू