योग

Romanized: yog, yoga

कुनै दुई वस्तु परस्परमा मिल्ने वा जोडिने काम; मिलाइ; जोडाइ, संयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै दुई वस्तु परस्परमा मिल्ने वा जोडिने काम; मिलाइ; जोडाइ, संयोग।
२.
सम्बन्ध; सम्पर्क।
३.
आपसी हेलमेल; मेलपिलाप।
४.
गणितमा जोड्ने काम वा क्रिया; जोड; जम्मा।
५.
कुनै पनि काम वा कुराको उपयुक्तता वा अनुकूलता।
६.
त्यस्तो राम्रो समय वा साइत ।
७.
यम, नियम आसन, प्राणायाम, प्रत्याहार धारणा, ध्यान र समाधिको अष्टाङ्ग योग।
८.
चित्तलाई ईश्वरमा लीन गराउनका लागि एकाग्र हुने कार्य; मोक्षको उपाय।
९.
चित्तको चञ्चल वृत्तिलाई रोक्ने काम; वैराग्य।
१०.
फलित ज्योतिषका अनुसार ग्रहहरू विशेष स्थितिमा जुट्नाले पर्न आउने शुभ वा अशुभ योग।
११.
ज्योतिषशास्त्रका मतमा तिथि, वार, नक्षत्र, योग र करणसमेत मिलेर बन्ने पाँच अङ्गमध्येको एक; विष्कम्भ, प्रीति, आयुष्मान् आदि सत्ताइसवटा योगको साझे नाम।
१२.
तिथि र नक्षत्रका संयोगले पर्न आउने आनन्द, कालदण्ड आदि सत्ताइसवटा योग।
१३.
ज्योतिषका मतमा सिद्धि र अमृत नामका योग।
१४.
छवटा दर्शनमध्ये एक; योगदर्शन।
१५.
टुनामुना; वशीकरण।
१६.
तारतम्य; सबै थोकको भरमभेट; काकताली।
१७.
छलकपटको व्यवहार; धोका।
१८.
लाभ; फाइदा; आम्दानी।

सम्बन्धित शब्दहरू