रङ

Romanized: ranga, rang, ran, rana

कुनै पनि वस्तुमा रहने तथा आँखाले हेरेर चाल पाइने, सेतो, रातो, कालो आदि वर्ण; रङ्ग; रँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत रङ्ग]

१.
कुनै पनि वस्तुमा रहने तथा आँखाले हेरेर चाल पाइने, सेतो, रातो, कालो आदि वर्ण; रङ्ग; रँग।
२.
कुनै वस्तुलाई रँगाउने पदार्थ (चूर्ण, लेप वा झोल); रोगन; पालिस।
३.
तास, बुद्धिचाल, त्रिपासा आदि खेलमा पत्ती वा गोटीलाई प्रमुख मान्दा स्विकारिने वर्ण; तास आदि खेलको प्रमुख वर्ण; तुरुप ।
४.
तासका खेलमध्ये एउटा खेल।
५.
जाँड, रक्सी, भाङ आदि मादक पदार्थको नशा; लागो।
६.
छाँटकाँट; चालढाल; ढाँचाकाँचा।
७.
कसैबाट कसैमा पर्ने प्रभाव; असर ।
८.
फुर्ती; रबाफ; धाकधक्कु।
९.
(हेर्नुहोस्) रङ्ग पनि।

सम्बन्धित शब्दहरू