रद्द
Romanized: radd, radda
रद्द (radd) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रद्द(१)
(विशेषण [संस्कृत रत])
१..
आनन्द वा खुसीले मस्त; उन्मादले मत्त; मुग्ध; मक्ख।
२..
प्रसन्न; हर्षित; प्रफुल्ल ।
३..
अनुरक्त; आसक्त।
४..
आश्चर्यले युक्त भएको; विस्मित; चकित।
रद्द(२)
(विशेषण [अरबी])
१..
बिकम्मा; काम नलाग्ने।
२..
खारेज गरिएको।
३..
(नाम)
खारिज गर्ने काम; डिसमिस, खारेजी।