राग
Romanized: raaga, raag, rag, raga
राग (raaga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
राग(१)
(नाम [फारसी रान])
१..
सुरुवालको जाँघ वा चाकमा पर्ने फराकिलो भाग।
२..
तिघ्राको अघिल्लो भाग।
३..
घोडाको काठीमा बसेर जाँघले च्याप्ने एक प्रक्रिया।
राग(२)
(नाम [संस्कृत])
१..
कुनै प्यारो विषय वा वस्तुप्रति हुने अनुराग; झुकाउ; प्रेमभाव; अनुरक्ति।
२..
कुनै वस्तु वा विषयप्रतिको मोह।
३..
लोभ; लालसा।
४..
उमङ्ग; आनन्द; हर्ष।
५..
ईर्ष्या; द्वेष।
६..
कपुर, कस्तूरी, चन्दन आदिबाट तयार गरिएको, शरीरमा घस्ने लेप; अङ्गलेप।
७..
मेहँदी; माहुर।
८..
रसरङ्ग।
८..
अत्यन्त चर्को वा कडा गन्ध।
१०..
सङ्गीत-शास्त्रअनुसार स्वर र गायनप्रक्रियाद्वारा सुव्यवस्थित, सुन्दर र आकर्षक ध्वनिहरूको विशेष संयोजन; ध्वनिराग। (यसका औडव, षाडव र सम्पूर्ण तीन भेदका भैरव, मालकोश, हिण्डोल, दीपक, श्री र मेघ छ राग छन्।)
११..
पिरोपन; हरक।