राते
Romanized: raate, rate
राते (raate) शब्दका 4 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
राते(१)
(विशेषण [रात+ए])
1.
रातभरि रहेको; रातसम्बन्धी; रातको। (उदा.- एकराते दही, दुईराते मही।)
राते(२)
(नाम [रातो+ए])
१..
अमिल्च्याहा पात हुने, गेडावरिपरि राता अमिला केस्रा हुने र ती केस्राको झोल पनि रातै हुने, रगतमासीको औषधीमा काम लाग्ने बुटीविशेष; बेलीचन्दा।
२..
बोटबिरुवाको डाँठ रातो हुने एक प्रकारको रोग; रतङ्गे; राँको।
राते(३)
(नाम)
1.
रतुवा (मृग)।
राते(४)
(विशेषण)
1.
रातो भएको; रातो रङको।
उदाहरण वाक्य
- एकराते दही, दुईराते मही।