रुनु
Romanized: runu
रुनु (runu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रुनु(१)
(अकर्मक क्रिया [संस्कृत रुद्])
१..
मन दुःखित भएर आँसु चुहाउँदै विलाप गर्नु; रुदन गर्नु; सुँक्कसुँक्क गर्नु वा डाँको छोड्नु।
२..
कसैको अप्रिय व्यवहारबाट हैरान हुनु।
३..
ज्यादै दुःखित वा खिन्न हुनु।
४..
कसैसँग गएर दुःखपुकारा गर्नु; मनको बह पोख्नु।
रुनु(२)
(नाम [संस्कृत रेणु])
१..
बालुवा वा धुलाका कण।
२..
ज्यादै थोरै परिमाण; रैन।