लेग्रो
Romanized: legro
लेग्रो (legro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
लेग्रो(१)
(नाम [प्राकृत लग्ग])
१..
अलिकति बाँकी रहेको काम; कामको शेष।
२..
कपडा आदिमा टाँसिएको मैलो; दाग।
३..
बचेखुचेको वा थिग्रिएको थोरै वस्तु; निथार; निथ्रेनी।
लेग्रो(२)
(नाम [अमू. ल्याप्+रो])
१..
घाँटीको भित्रपट्टिको एक अवयव; घिच्रो।
२..
जिह्वाग्र; जिब्राको अघिल्लो भाग।
३..
लामो र ठुलो स्वर; लेघ्रो।