वर्ण
Romanized: varn, warna, warn, barna
दृष्टिमा आउने रूप वा आकृति; सौन्दर्य; वेशभूषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दृष्टिमा आउने रूप वा आकृति; सौन्दर्य; वेशभूषा।
२.
पदार्थमा हुने रातो, सेतो, कालो, पहेंलो आदि रूपभेद; रङ्ग।
३.
हिन्दुधर्मअनुसार मनुष्यजातिका चार श्रेणी (ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र)।
४.
रँगाउने पदार्थ; रोगन।
५.
अ-देखि ज्ञ- सम्मका ध्वनिको प्रतीकचिह्न; टुक्याउन नसकिने ध्वनिको एकाइसूचक लिपि।
६.
स्थायी, आरोही, अवरोही र सञ्चारी गरी चार प्रकारका भेद हुने गायनको प्रत्यक्ष विधि वा प्रक्रिया।