वायु
Romanized: vaayu, waayu, wayu, baayu
पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्शगुण भएको, प्राणीमात्रले सास फेर्न मिल्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्शगुण भएको, प्राणीमात्रले सास फेर्न मिल्ने एक तत्त्व; पञ्चतत्त्वमध्ये एक; पवन; हावा।
२.
हावाका अधिष्ठाता देवता।
३.
हृदयमा रहने प्राण, गुदामा रहने अपान, नाभिमा रहने समान, कण्ठमा रहने उदान र शरीरभर रहने व्यान नामका पाँच वायु।
४.
हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा प्रयोगमा आउने मानवशरीरमा भएको हावा।
५.
मरेपछि काजक्रिया हुन नपाएको आत्मा; अगति परेको जीव; प्रेतात्मा; प्रेत।
६.
प्रायः बालबच्चालाई लागोको रूपमा दुःख दिइरहने, झारफुक गरेर वा दोबाटामा पूजा गरेर पन्छाएपछि निको हुने, लोकरूढि भएको अमूर्त तत्त्व।