विकार

Romanized: vikaara, vikaar, wikaara, vikar

कुनै वस्तु वा पदार्थको रूप, गुण आदिमा आउने परिवर्तन; रूपान्तरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा पदार्थको रूप, गुण आदिमा आउने परिवर्तन; रूपान्तरण।
२.
बिग्रेको स्थिति; खराब भएको अवस्था।
३.
अदलबदल; हेरफेर; परिवर्तन।
४.
पूर्वविचार, मान्यता र विश्वास आदिमा देखा पर्ने अदलाबदली।
५.
अनिष्ट कुरा वा पापकर्मतिर चित्तवृत्ति लाग्ने काम।
६.
अरूलाई जानेर वा नजानेर बिगार गर्ने काम।

सम्बन्धित शब्दहरू