विद्रोह
Romanized: vidroh, widroha, widroh, bidroha
सरकारको कार्यसञ्चालनमा बाधा पुऱ्याउने वा राज्यलाई विफल पार्ने उद्देश्यले गरिएको ठुलो उपद्रव; विप्लव; क्रान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सरकारको कार्यसञ्चालनमा बाधा पुऱ्याउने वा राज्यलाई विफल पार्ने उद्देश्यले गरिएको ठुलो उपद्रव; विप्लव; क्रान्ति।
२.
शासनसत्ता वा सरकारलाई पल्टाउने काम ।
३.
ठुलो विरोध; कडा शत्रुता।
४.
भनाबैरी; झैझगडा ।
५.
रिस; आवेश; द्वेष; तीव्र ईर्ष्या।