विपश्यना
Romanized: vipashyanaa, vipashyana, wipashyanaa, vipasyanaa
विपश्यना (vipashyanaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विपश्यना(१)
(नाम [संस्कृत वि+पश्यन+आ])
1.
बौद्ध मतअनुसार आहार, विहार र विचारमा संयम र सन्तुलन कायम गरी काया, वेदना, चित्त र धर्मको अवलोकन गर्दै मुक्ति प्राप्त गर्न विभिन्न चरणमा सम्पादन गरिने विशेष प्रकारको साधना; आफ्नै अन्तर्निरीक्षण गरी आत्मबोध गर्ने बौद्ध विधि।
विपश्यना(२)
(नाम [वि+पश्य+अन+आ])
१..
आफूभित्र दृष्टि लगाउने काम; अन्तर्दृष्टिलाई जागृत गर्ने एक प्रकारको ध्यान।
२..
सूक्ष्म निरीक्षण।