विप्रकर्ष
Romanized: viprakarsha, viprakarsh, wiprakarsha, wiprakarsh
तान्ने वा घिच्च्याउने काम; अपकर्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तान्ने वा घिच्च्याउने काम; अपकर्षण।
२.
विशेष खालको श्रेष्ठता; उम्दापन।
३.
अन्तर; फरक।
४.
स्वरपछिको संयुक्त व्यञ्जन छुट्टिई उत्तरवर्ती स्वरको आगम भएर अघिल्लो व्यञ्जनमा जोडिने काम। (जस्तो- अर्क > अरक, फर्क > फरक, पृथ्वी > पृथिवी आदि)