विमुख

Romanized: vimukh, wimukha, wimukh, bimukha

विपरीत दिशातर्फ मुख भएको; पछिल्तिर मुख मोडेको; पराङ्मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विपरीत दिशातर्फ मुख भएको; पछिल्तिर मुख मोडेको; पराङ्मुख।
२.
निराश, हताश ।
३.
उदासीन; विरक्त।
४.
उल्टो; प्रतिकूल।
५.
बेखुस; अप्रसन्न।
६.
मुख नभएको।

सम्बन्धित शब्दहरू