विसर्जन
Romanized: visarjan, wisarjana, wisarjan, visharjana
पूजाआजा गर्दा आह्वान गरिएका देवताहरूलाई बिदा दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूजाआजा गर्दा आह्वान गरिएका देवताहरूलाई बिदा दिने काम।
२.
कुनै अनुष्ठान, कामकुरा, सभा-सम्मेलन आदिको कार्यक्रम समाप्त गर्ने वा टुङ्ग्याउने काम।
३.
दिसापिसाब गर्ने काम; मलमूत्रको त्याग।
४.
कुनै कुरा छोड्ने काम; परित्याग।